मधेश आन्दोलन राकीँदैन ः मार्चा

0
389

 

असोज २७ काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराईका बिभिन्न जिल्लामा जारी आन्दोलन नरोकिने जनाएको छ ।

मोर्चाले विगतका सहमती कार्यान्वयन नभएसम्म आन्दोलन नरोक्ने मोर्चाको बैठकले निर्णय गरेको छ ।

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै आन्दोलन लचिलो बनाउने चर्चा चलिरहेको समयमा आफनो आन्दोलन जारी रहेको भन्दै पुर्ववत कार्यत्रmम जारी रहेको पत्रकार सम्मेलन गरेर बताएको छ ।

मोर्चाले बन्द र नाकाबन्दी जारी राख्ने निर्णय गरेको छ । मार्चामा आबद्ध दलहरुका बीचमा बिबाद देखा परे पछि मोर्चा सम्बद्ध दलका केन्द्रिय देखि स्थानिय स्तरका नेताहरुले पार्टि परित्याग गर्ने क्रम जारी रहेको छ ।