धनुषा जिल्ला तुलसी 6 बाहुनामाराकि 19 बर्सिया कबिता श्रेस्ठले समाजमा रहेको नारिप्रतीको दृश्टिकोण र महिलाको अवस्थालाई समेटेर आफ्नो पहिलो कबिता सँग्रह “समर्पण “बजार मा ल्याएकी छिन् । आफ्नो नाम जस्तै आफुले देखेका ,भोगेका र कल्पना गरेका हरेक कुराहरुलाई कबितामा प्रस्तुत गर्न सक्ने खुबी भएकी कबिता एउटा रेडियोक्रमी पनि हुन्। आफ्नो नाम अनुसारकै काम गरेर समाज मा एउटा असल सचेतक र सर्जक बन्ने लक्ष्रय राखेर अगाडि बड्ने बताउछिन् । पहिलो कबिता सँग्रह लाई सामजिक सन्जाल र एक कार्यक्रमको बिच बिमोचन गर्दै निकट भबिश्तमा नै आफ्नो अर्को कबिता सँग्रह र अदृश्य जिन्दगिका काल्पनिक पात्रहरु भन्ने कथा सँग्रह लाई पनि प्रकशित गर्ने योजना बनायेकी छिन् ।

समर्पण नाम दिईएको उनको यस कबिता सँग्रहमा समाजको एउटा अभिन्न अङग भएर पनि महिला दिदी बहिनी हरु ले भोग्दै आएका हरेक पीडा र ब्यथा हरुलाई कबिताको रुपंमा प्रस्तुत गरेकी छिन् साथै देश , परिस्थिती, माया, प्रेम , एक्लोपना ,सभ्यता, प्राकृतिक सुन्दरता र बिछोड आदि बिशयमा पनि कबिता लेखेर समर्पणमा पाठकहरु माझ पस्केकी छिन ।