२७ असोज काठमाडौ । विजयादशमीको दोस्रो दिन आज देशभरका शक्तिपीठहरुमा शक्तिस्वरुपा देवी ब्रह्मचारिणी पुजा गरी मनाइँदैछ ।
मंगलबार घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिएको स्थानमा आज ब्रह्मचारिणी देवीको पूजा आराधना गर्ने गरिन्छ ।
यसैगरी राजधानीको भद्र दक्षिणकाली, भद्रकाली, मैतीदेवीलगायत शक्तिपीठका साथै पोखराको विन्ध्यवासिनी, तालबाराही, नेपालगञ्जको जयवागेश्वरी, डोटीको शैलेश्वरीलगायत तीर्थस्थलमा विहानैदेखि दर्शनार्थीको भीड लगेको छ ।