टानको साधारण सभामा आर्थिक प्रतिबेदन स्विकृत ः आर्थिक अनियमितता नभएको पुस्टि

0
638

असोज २८ काठमाण्डौ । ट्रकिङ एजेन्सिज एसोशिएसन अफ नेपाल (टान) को ३७ औ साधारण सभा काठमाण्डौको होटल हयातमा जारी रहेको छ । जारी बार्षिक साधारण सभामा महासचिव सागर पाण्डेले प्रस्तुत गर्नु भएको टानको बार्षिक कार्यप्रगति र संस्थागत प्रतिबेदन तथा कोषध्यक्षले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदनमाथिको छलफल पछि सर्बसम्मतिले स्विकृत गरिएको छ । चुनाबी प्रचारका क्रममा टानको हालको नेतृत्वले आर्थिक अनियमितता गरेको भन्ने आरोप लागेको भए पनि साधारण सभामा सहभागीहरुले आ आफ्नो मत राखे पनि सहजै आर्थिक प्रतिबेदन पास भएकोले अनियमितताको आरोप झुठो ठहरीएको पदाधिकारीको भनाई रहेको छ ।IMG_2624