नयाँ नेतृत्वका लागि मतदान जारी ः मत परिणाम केहिबेरमा आउने

0
578

असोज २८ काठमाण्डौ ट्रकिङ एजेन्सिज एसोशिएसन अफ नेपाल (टान) को आगामी नेतृत्वका लागि जारी साधारण सभामा चन्द्र प्रसाद रिजाल र सागर पाण्डेको छुट्टा छुट्टै प्यानल बीच चुनावी प्रतिस्पर्धा सुरु भएको छ । राजधानीको होटल हयातमा जारी साधारण सभामा ३ बजे बाट मतदान प्रकृया सुरु भएको हो । जारी मतदान कार्यमा टानमा आबद्ध १००७ जना मतदाताले मतदान गरि रहेका छन् । यो समाचार तयार पार्दा सम्म आधा भन्दा बढि मतदाताले मतदान गरि सकेका छन् भने अबको केहि समयमा मतदान सकिने छ भने आज साँझै मत परिणाम सार्वजनिक गरिने भएको छ । जारी रहेको मतदान प्रकृयामा सहभागीहरुलाई आ आफ्नो पक्षमा मतदान गर्न दुबै प्यानलका उमेद्धार,सुभचिन्तक तथा स्वयं सेबकहरु लागि परेका छन् । IMG_2494