नाकामा देखिएको अबरोध तत्काल हटाउन भारतलाई देउवाको आग्रह

0
760

असोज २८ काठमाण्डौ । नेपाली काँग्रेशका वरिष्ठ नेता शेर बहादुर देउवाले नेपाल भारत बीचको सीमा नाकामा देखिएको अबरोध तत्काल हटाउन आग्रह गर्नु भएको छ । ट्रकिङ एजेन्सिज एसोशिएसन अफ नेपाल (टान) को ३७ औ साधारण सभाको उद्धघाटन गर्दै नेता देउवाले नेपाल भारत बीचको सदियौ देखिको मित्रता पूर्ण सम्बन्ध नाकाबन्दीका कारण बिग्रन सक्ने भन्दै भारतले समयमै नेपालीको आग्रह स्विकार गर्नु पर्ने धारणा राख्नु भएको छ । नेपालले कहिल्यै पनि भारत र चिन बिरोधी गतिबिधि नगरेकाले छिमेकी मुलुकले पनि नेपाललाई सहयोग गर्नु पर्ने बताउनु भएको थियोे । कार्यक्रममा टानका सभापति रमेश धमलाले बिनासकारी भुकम्प र हुदहुदका कारण थलिएको पर्यटन उधोगलाई बलियो बनाउन पर्यटन मन्त्रालयले ब्यबस्थित नीति ल्याउनु पर्नेमा जोड दिनु भयो । सरकारी बेवास्था जारी रहने हो भने आगामी दिनमा पर्यटकिय गन्तब्य बिहिन हुने हुँदा समयमै ध्यान दिन सुझाव दिनु भयो । नेपाल पर्यटन बोर्ड लामो समय देखि नेतृत्व बिहिन रहेको भन्दै धमलाले सरकार र नीजी क्षेत्रलाई जोड्ने संयन्त्र नै नेतृत्व बिमुख हुँदा पर्यटन क्षेत्रमा समस्या दिन प्रतिदिन समस्यामा पर्दै गएकाले तत्काल नेतृत्व दिन मन्त्रालयका सचिव दिनेश कुमार थपलियालाई आग्रह गर्नु भएको थियो । सोही अबसरमा पर्यटन क्षेत्रलाई माथि लैजाने कार्यमा बिशेष योगदान गर्ने बिभिन्न ब्यक्तित्व तथा पत्तकाहरुलाई सम्मान समेत गरीएको थियो । टानको नयाँ नेतृत्वका लागि यहि साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ ।

IMG_2480