एन आर एनको अध्यक्षमा पुनः घले बिजयी

0
801

असोज २८ काठमाण्डौ । राजधानीमा जारी गैर आबासीय संघ (एन आर एन) को अध्यक्षमा पुनः शेष घले निर्बाचित हुनु भएको छ । घलेले प्रतिस्पर्धी टेकबहादुर कार्कीलाई पराजीत गर्दै दोस्रो कार्यकालका लागि स्थान सुरक्षित गर्नु भएको हो । घलेले ८६७ मत पाउनु भएको छ भने प्रतिस्पर्धी कार्कीले २६६ मत मात्रै पाउनु भएको छ ।उपाध्यक्षमा भवन भट्ट र कुमार पन्त निर्वाचित हुनु भएको छ , भट्टले ५३८ र पन्तले ५१२ मत पाउनु भएको छ । महासचिवमा वद्री केसी निर्वाचित हुनु भएको छ उहाँले ५५५ पाउनु भएको छ । कोषाध्यक्षमा हिक्मत थापाले२६४० मत पाउनु भएको छ भने सचिवमा अर्जुन श्रेष्ठले३९३० मतका साथ निर्वाचित हुनु भएको छ ।युवा संयोजकमा विजय पोखरेल र उपसंयोजकमा लोकराज शर्मा तथा महिला संयोजकमा सपिला राजभण्डारी र उपसंयोजकमा रजनी प्रधान निर्वाचित हुनु भएको छ ।