रमिताको ‘रशलाईटले सम्पन्न गर्यो शुभकामना दशैं

0
1187

असोज २८ बैकुण्ठराज पराजुली काठमाण्डौ ।  नेपाली कला संस्कृति तथा फेशनको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको रशलाईट मिडिया प्रालीले दशैंको छेकोमा ‘शुभकामना दशैं २०१५’ कार्यक्रम सम्पन्न गरेको छ । यसअघी नेपाल तथा विदेशमा समेत विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको गायिका तथा मोडल रमिता भण्डारीको निजी कम्पनि रशलाईटले दशैंको शुभकामना आदान प्रदानसँगै आत्मियता साटासाटको लागी यो कार्यक्रमको आयोजना गरेको थियो । शुक्रबार साँझ बानेश्वरमा सम्पन्न कार्यक्रममा गायनतर्फ बुनु राई मानन्धर, सुरेशकुमार क्षेत्री, दाउथ राई लगायतले प्रस्तुती दिए भने नाम चलेका विभिन्न मोडलहरु र्याम्पमा उत्रे ।

rassगत हप्ता सम्पन्न मिड एण्ड मिस्टर राजधानीका बिजेताहरु भुमिका खड्का र पियुष कर्णसहित २५ जना मोडलहरु र्याम्पमा देखिएका थिए । मोडलहरु जोजोलोपा कलेक्शनको ड्रेस डिजाईनमा र बिनु पार्लर एण्ड ट्रेनिङ सेन्टरको मेकअपमा र्याम्पमा उत्रेका थिए । कर्यक्रममा सबै मोडलको कोरियोग्राफी रमिताले नै गरेकी थिईन् । ‘जुन उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो, त्यो प्राप्त भएकोमा खुशी छु’, कार्यक्रम सम्पन्न भएपछि रमिताले सुनाईन् ।

raasकार्यक्रमले नेपाली कला संस्कृतिको प्रवर्धनको लागी तथा पछिल्लो समय विभिन्न समस्याले गर्दा पीडामा परेका नेपालीहरुमा केहि हदसम्म भए पनि खुशीको मल्हम लगाउन सघाएको रमिताको आशा छ । त्यस्तै कार्यक्रम व्यवस्थापक सुरज थापाले पनि कर्यक्रमको सफलताले यो प्रकारका अन्य कार्यक्रम गर्न थप उर्जा मिलेको प्रतिक्रिया दिए.