टानको अध्यक्षमा चन्द्र रिजाल बिजयी,टानको ईतिहाँसमा क्रमभँग भएको भनाई

0
1353
COPYRIGHTED

असोज २९ काठमाण्डौ असोज २९ काठमाण्डौ ट्रकिङ एजेन्सिज एसोशिएसन अफ नेपाल ९टान० को आगामी नेतृत्वका लागि चन्द्र प्रसाद रिजाल बिजयी हुनु भएको छ । राजधानीको होटल हयातमा भएको ३७ औं साधारण सभामा भएको निर्बाचनबाट रिजाल ४११ मतका साथ बिजय हुनु भएको हो उहाँका प्रतिद्धन्दी सागर पाण्डेले ३३२ मत पाउनु भएको थियो । मतदान कार्यमा टानमा आबद्ध १००७ जना मतदाता मध्ये ७६२ जनाले मात्रै मतदान गरेका थिए । कोषाध्यक्ष र एक सदस्य बाहेक रिजाल समुहको पूरै प्यानलले जितेको छ । कोषाध्यक्षमा रिजाल समुहका प्रत्यासी सोनाम ग्याल्जेन शेर्पालाई हराउँदै सागर पाण्डे समुहका लिलाबल्लब दाहाल ९काका० विजयी हुनुभएको छ,भने सदस्यमा पाण्डे समुहका पेम्बा शेर्पा (संगम) ३३८ मत पाएर निर्बाचित हुनु भएको छ । बिहिबार बिहान बाट भएको टानको साधारण सभामा दिउँसो तिन बजेबाट मतदान सुरु भएको थियो । राती ८ बजेबाट सुरु भएको मत गणना कार्य मध्यराती मात्रै सम्पन्न भएको थियो । निर्बाचन अघिका बिभिन्न मत सर्वेक्षणहरुमा सागर पाण्डे समुह अगाडी रहेको प्रचार गरिए पनि परिणाम भने ठिक बिपरीत आएको छ । मत परिणाम सार्बजनिक भए टानमा नयाँ पुस्ताको बर्चश्व भएको र टानको ईतिहाँसमा क्रमभंग भएको अध्यक्ष रिजालले सँचार खबरलाई प्रतिक्रिया दिनु भएको छ । आफ्ना सबै प्रतिबद्धता अक्षरस पालना गर्दै टानलाई आरोप मुक्त बनाउने बचनबद्धता दिनु भएको छ ।