अन्तराष्ट्रिय पर्यटन प्रबद्र्धन टानको प्राथमिकता अध्यक्ष रिजाल

0
749

असोज २९ काठमाण्डौ ट्रकिङ एजेन्सिज एसोशिएसन अफ नेपाल (टान) का नव निर्बाचित अध्यक्ष चन्द्र प्रसाद रिजालले आफ्नो प्रमुख प्राथमिकता अन्तराष्ट्रिय पर्यटन प्रबद्र्धन भएको बताउनु भएको छ । बिनासकारी भुकम्पले पर्यटकिय क्षेत्रमा पु¥याएको असर न्युनिकरण गरि खस्कीएको ब्यबसायलाई पुरानै स्थानमा फर्काउने कार्य चुनौती पूर्ण भए पनि आफु सबै ब्यबसायीलाई समेटेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । हिजो सम्पन्न टानको ३७ औ साधारण सभामार्फत आगामी कार्यकालका लागि निर्वाचित भए पश्चात शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष रिजालले आफ्नो दुई बर्षे कार्यकालमा पर्यटन क्षेत्रको समग्र बिकाुका लागि काम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । चुनाबी प्रतिस्पर्धामा दुबै पक्षले उठाएका मुद्धा अब आफुले धारण गर्ने भन्दै पर्यटन ब्यबसाय बलियो नभए सम्म राज्य बलियो हुन नसक्ने उहाँको भनाई थियो । सागर पाण्डे पक्षबाट कोषध्यक्षमा बिजयीहुनु भएका लिला बल्लभ दाहालले हिजोको चुनावी माहोलबाट आए पनि आफु अध्यक्षलाई पूर्ण रुपमा सहयोग गर्दै ब्यबसायिक अधिकारको मुद्धामा कुनै पनि पक्ष सँग सम्झौता नगर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको यियो ।
राजधानीको होटल हयातमा भएको ३७ औं साधारण सभामा भएको निर्बाचनबाट रिजाल ४११ मतका साथ बिजय हुनु भएको हो उहाँका प्रतिद्धन्दी सागर पाण्डेले ३३२ मत पाउनु भएको थियो । मतदान कार्यमा टानमा आबद्ध १००७ जना मतदाता मध्ये ७६२ जनाले मात्रै मतदान गरेका थिए । कोषाध्यक्षबाहेक रिजाल समुहको पूरै प्यानल नै जितेको छ । कोषाध्यक्षमा भने रिजाल समुहका प्रत्यासी सोनाम ग्याल्जेन शेर्पालाई हराउँदै सागर पाण्डे समुहका लिलाबल्लब दाहाल ९काका० विजयी हुनुभएको छ । बिहिबार बिहान बाट भएको टानको साधारण सभामा दिउँसो तिन बजेबाट मतदान सुरु भएको थियो । राती ८ बजेबाट सुरु भएको मत गणना कार्य बिहान ३ बजे मात्रै सम्पन्न भएको थियो ।