असोज २९ बैकुण्ठराज पराजुली काठमाण्डौ । महानायक राजेश हमालको कमब्याक मानिएको प्रतिच्छित चलचित्र ‘बाग्मती’ ट्रेलर सार्वजनिक भएको छ । केहि दिन पहिले मात्रै फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति समेत तय गरिएको यो चलचित्रको निर्माण युनिटले प्रचारलाई तिब्र गति दिने तयारी स्वरुप ट्रेलर सार्वजनिक गरेको हो ।

आगामी पौष २४ लाई सार्वजनिक प्रदर्शनको मिति तय गरिएको चलचित्रको सार्वजनिक ट्रेलरमा महानायक हमाललाई एक्शन अवतारमा देख्न सकिन्छ । जहाँ अर्का पुराना नायक शिव श्रेष्ठसँग हमालले चलचित्रभरी द्वन्द्व गरेको संभावना ट्रेलरले बोलेको पाईन्छ ।
साउथ ईण्डियन निर्देशक सन्नी केरालाले निर्देशन गरेको चलचित्रलाई ईण्डियन शैलीमा नै निर्माण गरिएको बताईदै आईएको छ । त्यसो त यो चलचित्रलाई निर्माण युनिटले नेपालमा निर्माण भएका अहिलेसम्मकै सबैभन्दा बढी बजेटको भन्दै आएको छ । चलचित्रमा दिनेश दर्शनधारीले लगानी गरेका छन् । दिनेशसँग अर्का निर्माता सत्यालले लगानीमा सहकार्य गरेका छन् ।
‘ट्रि ईन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्र ‘बाग्मती’मा हमाल र श्रेष्ठसँगै श्रेया कार्की, केकी अधिकारी, मुकुन्द श्रेष्ठ, ध्रुब कोईराला, कञ्चन ठकुरी लगायतो अभिनय छ । चलचित्रको प्रोडक्शनको सबै काम भारतमा नै भईरहेको छ । चलचित्रको प्रोडक्शन डिजाईनिङ नगेन्द्र घिमिरेले गरेका छन् ।
ट्रेलर हेर्नुहोसः
https://youtu.be/Cm4JXRnU4HY