काठमाडौँ, १५ मङ्सिर । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले न्यूनतम पारिश्रमिक ऐन लागू गर्ने प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ ।
सञ्चारिका समूहले आज मन्त्री राईसमक्ष बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले न्यूनतम पारिश्रमिक लागू गर्न तत्काल मन्त्रिपरिषद्मा लैजाने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । उहाँले पत्रकार दुर्घटना बिमाको कामसमेत सुरु भइसकेको बताउनुभयो ।
ज्ञापनपत्र बुझाउँदै समूहकी अध्यक्ष निर्मला शर्माले पत्रकार महिलाको गुणात्मक र सङ्ख्यात्मक वृद्धिका लागि सरकारले समेत पहल गर्नुपर्नेमा जोड दिनुभयो ।