नियमावली मस्यौदा समितिको सभापतिमा राधेश्याम अधिकारी सर्वसम्मत

0
776

काठमाडौ, १५ मंसिर। व्यवस्थापिका संसद्को नियमावली मस्यौदा समितिको सभापतिमा नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारी सर्वसम्मत चयन हुनु भएको हो ।
गठन भएको डेढ महिनापछि समितिले सभापति पाएको हो । समितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाली काँग्रेसका सांसद् राधेश्याम अधिकारीलाई सर्वसम्मत  सभापतिमा चयन गरेको हो । व्यवस्थापिका संसद्ले आफ्नो नियमावली बनाउनका लागि गत असोज २५ गते ६१ सदस्यीय समिति गठन गरेको थियो ।
नेपाली काँग्रेस र एकीकृत नेकपा माओवादीले सभापति दाबी गरेका कारण समिति पटकपटक बैठक बसेर पनि सभापति चयन गर्न असफल भएको थियो । आजको बैठकमा एमाओवादीले दाबी छोडेपछि काँग्रेस सांसद् अधिकारी सर्वसम्मतरुपमा सभापति चयन हुनुभएको हो ।
सभापति चयनका लागि समितिको बैठक १५ मिनेट स्थगित गरिएको थियो । समितिको  सभापति चयनसँगै नियमावलीको मस्यौदा तयार पार्न एमाओवादीका सांसद् रामनारायण बिडारीको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन भएको छ ।