पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउन कोईरालाको सुझाव

0
386

धनगढी, १५ मंसिर। नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले संघीयताले देश विवादमा फसेकाले पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाएर अगाडी बढ्नु पर्ने बताउनु भएको छ ।
नेपाली कांग्रेसको आसन्न महाधिवेशनको प्रचार प्रसारको क्रममा सुदूरपश्चिम आइपुग्नु भएकी नेत्री कोइरालाले आज धनगढी विमानस्थलमा सञ्चारकर्मी समक्ष सो कुरा बताउनु भएको हो ।
पूर्व उप–प्रधान मन्त्री समेत रहनु भएकी नेत्री कोइरालाले मधेसी दलहरुसँगको वार्तालाई पनि निर्नतरता दिनु पर्ने र वार्ताबाट नै समस्याको सामाधान गर्नु पर्ने जोड दिनुभयो । उहाँले मधेसको आन्दोलन नियन्त्रण बाहिर जान सक्ने खतरा रहेको समेत दाबी गर्नुभयो ।