कस्ले खोज्ने १३ करोड ५२ लाखको हिसाब ?

0
521

मंसिर २१ काठमाडौं, भारतले लगाएको नाकाबन्दीका कारण मुलुकमा इन्धन अभाव चरम बन्दै गएका बेला चीनसंगको इन्धनको व्यापारिक सम्झौताको विषय यतिबेला चर्चामा छ । सम्झैता पुर्व चीनले नेपाललाई १३ लाख लिटर पेट्रोल उपलब्ध गराएको थियो । जसको बिक्रि बाट हुने आम्दानी नेपाल आयल निगमले केमा खर्च गर्यो भन्ने जिज्ञासा सबैमा उब्जिएको छ ।
निगम प्रवक्ता मुकुन्द घिमिरेका अनुसार ‘ आयल निगमले अनुदानको तेल बेचेको पैसा खाता खोलेर राख्ने सोच बनाएको छ’, यसका लागि मन्त्रालयले पनि अनौपचारिक रुपमा जानकारी गराएको छ । अब निगमको सञ्चालक समितिको बैठकले यस सम्बन्धमा निर्णय गर्छ । त्यस पनि राष्ट्रिय वाणिज्य बैंक वा नेपाल बैंकमा खाता खोलेर सबै पैसा त्यो खातामा निगमले जम्मा गर्छ ।’निगम सञ्चालक समितिलाई मन्त्रालयले अहिलेसम्म औपचारिक रुपमा अनुदानको तेल बेचेको पैसा व्यवस्थापनका लागि निर्देशन नदिनु अर्को चासोको विषय बनेको छ । सित्तैंमा आएको तेल भए पनि त्यसलाई निगमले साविककै मुल्य अर्थात प्रति लिटर १ सय ४ रुपैंयाका दरले बिक्रि बितरण गरिरहेको छ । निगम प्रवक्ता घिमिरेका अनुसार अहिलेसम्म अनुदानमा आएको सबै इन्धन बिक्रि भैसकेको छैन । केही दिनमा सबै इन्धन बेचिसके पछि त्यसबाट उठेको रकम निगमले सुरक्षित तवरले राख्ने छ । पछि खातामा जम्मा भए पछि कहाँ अनि कसरी सदुपयोग गर्ने भन्ने सम्बन्धमा निर्णय हुने उनको भनाई छ ।