काठमाडौं, २१ मंसिर । बरिष्ठ उपाध्यक्ष रामेश्वर राय जितेन्द्र देवलाई फकाउन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सरकार छाड्न सक्ने धम्की दिएका छन् ।
राय र देव मधेस आन्दोलनलाई धोका दिएर सरकारमा मन्त्री खान गएको भन्दै गच्छदारसँग रुष्ट छन् । मन्त्रीमा पनि गच्छदार र रामजनम चौधरी थारु मात्रै गएपछि फोरम लोकतान्त्रिकमा विवाद छ ।
गच्छदार सरकारमा गएसँगै उपाध्यक्ष मृगेन्द्रकुमार सिंह, अजय गुप्तासहित धेरै नेता र जिल्ला कार्यसमितिका सदस्हयरुले पार्टीका छाडेका छन् । यो क्रम बढ्न नदिन मंसिर १९ गते बैठक राखेर आफूसँग सरकार गठनका बेला भएका सम्झौता पालना नगरे सरकारमा बस्न नसकिने धम्की उनले दिएका छन् ।
गच्छदारको धम्की ओलीलाई नभएर रामेश्वरहरुलाई फकाउने अस्त्रका रुपमा लोकतान्त्रिकका नेताहरुले लिएका छन् । सबैभन्दा धेरै बजेट हुने र आकर्षक मानिएको भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्रालय पाएका गच्छादारले सरकार छाड्ने कल्पना पनि गर्न नसकिने राय निकट नेताहरु बताउँछन् । साँघु साप्ताहिकमा खबर छ ।