काठमाडौ, २२ मंसिर। सर्लाहीको नवलपुरमा राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन टोलीमाथि भएको आक्रमण पछि रोकिएको अनुगमन फेरि सुरु गर्ने भएको छ ।
आज वुद्धिजिवीहरुले मानव अधिकारको अवस्था दयनीय रहेको समयमा अनुगमनलाई निरन्तरता दिन आग्रह गरेपछि आयोगले अनुगमन सुचारु गर्ने जनाएको हो । यही मंसिर १७ गते सर्लाही नवलपुरको जुटपानीमा आयोगको अनुगमन टोलीमाथि आन्दोलनकारीले आक्रमण गरी गाडी तोडफोड गरेका थिए ।
अनुगमन टोली,आयोगको विभिन्न क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयका कर्मचारी, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता एवं मधेशी बुद्धिजिविसँग छुट्टा–छुट्टै छलफलपछि अवका दिनमा यस्ता कार्य नहुने प्रतिवद्धता व्यक्त भएकाले अनुगमनलाई निरन्नतरता दिन आफूहरु तयार भएको आयोगले बिज्ञप्ति मार्फत जनाएको छ ।
मोर्चाका नेताहरुले अनुगमन टोलीमाथि भएको आक्रमण प्रति दुख व्यक्त गर्दै आगामी दिनमा आयोगको अनुगमन टोलीलाई सहयोग गर्ने बताएको जनाइएको छ ।