भुकम्प पिडीतले अनुदानको पहिलो किस्ता जिल्लामै पाउने

0
341
बैशाख १२ को भुकम्पको केन्द रहेको गोरखाको उत्तरी क्षेत्र वारपाक गाऊँ

काठमाडौ, २२ मंसिर। भूकम्प पीडितका घर निर्माणका लागि प्रदान गरिने अनुदानको पहिलो किस्ता जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत नै वितरण गरिने भएको छ ।
व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले तत्काल बैंकिङ सेवाको पहँुच त्यहाँ नपुगुन्जेल कम्तीमा पनि पहिलो किस्ता पुरानै पद्धतिबाट पु¥याउँदा उपयुक्त हुन्छ भन्ने मत बनेको बताउनुभयो ।
सहयोगको रकमबाट घर निर्माण गर्न रकम अपुग भएको खण्डमा सामूहिक जमानीका आधारमा थप तीन लाखसम्म ऋण उपलब्ध गराउने गरी कार्यविधि निर्माण भइरहेको उपाध्यक्षको भनाइ छ ।
खतिवडाले सहयोगस्वरुप उपलब्ध गराइने दुई लाख रुपैँया सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाइसकिएकाले केही दिनभित्र वितरण हुने उल्लेख गर्नुभयो । खतिवडाले युरोपेली सङ्घले उपलब्ध गराउनेबाहेक सबै रकम दातृ निकायमार्फत नै  सञ्चालन हुने जानकारी दिनुभयो ।
मुलुकको मुख्य योजनाकार निकाय भएकाले ठीक ढङ्गले योजना बनाएर बस्ती विकासका कार्यक्रम अघि बढाउन समितिका सदस्यहरुले आयोगका उपाध्यक्ष खतिवडालाई सुझाव दिएका थिए ।