मन्त्रीका लागि दुलही माग्दा लफडा

0
563

‘मन्त्रीका लागि बिहे गर्न केटी चाहियो’, यत्ति ६ वटा शब्द बोले पुग्छ, केटी दिनेको लस्करले टुँडिखेल धान्दैन । तर, नेपाल सरकारका बहालवाला मन्त्रीका लागि दुलही माग्न गएका मान्छेले दुलही त ल्याएनन्, बरु महिलाकी आफन्तका कुरा सुनेर हिस्स पर्दै फर्किएका छन् ।
आजको जनआस्था साप्ताहिकमा खबर छ–अहिलेका सरकारका एक मात्र अविवाहित मन्त्री हुन्, शेरधन राई । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय सम्हालेका ४५ वर्षीय उनी अनुहार र जीउडाल परेका युवा हुन् । अचम्म लाग्दो हो, त्यस्ता हट्टाकट्टा मन्त्रीले दुलही नपाएको कुराले । तर, लमी एक त शेरधनलाई जानकारी नै नदिई , त्यसमाथि अर्कै पार्टीकी नेत्री हेर्न पुगेका थिए । फेरि माग्नु पनि मिल्दोसँग नि, कम्युनिष्ट पार्टी नै भए पनि एमालेसँग कहिल्यै कुरा नमिल्ने नेपाल मजदुर किसान पार्टीकी नेत्री थिइन्, उनीहरुले विवाह गराउन चाहेकी महिला । सोझै उनीसँग होइन, उनका नेतासँग कुरा भयो । ती नेत्री थिइन्, सांसद् अनुराधा थापामगर । तर, नेमकिपाको नेताले अनुराधाको अरुसँगै कुरा चलेका कारण आश नगर्न सुझाव दिए ।

‘तैपनि’ भन्दै एमाले कुरा कोट्याउन खोज्दै थिए, ‘के–को तैपनि र?’ भन्दै नेमकिपाका नेताको हप्की नै आएपछि चुप लागेर फर्किए ।‘मन्त्रीका लागि बिहे गर्न केटी चाहियो’, यत्ति ६ वटा शब्द बोले पुग्छ, केटी दिनेको लस्करले टुँडिखेल धान्दैन । तर, नेपाल सरकारका बहालवाला मन्त्रीका लागि दुलही माग्न गएका मान्छेले दुलही त ल्याएनन्, बरु महिलाकी आफन्तका कुरा सुनेर हिस्स पर्दै फर्किएका छन् ।
आजको जनआस्था साप्ताहिकमा खबर छ–अहिलेका सरकारका एक मात्र अविवाहित मन्त्री हुन्, शेरधन राई । सूचना तथा सञ्चार प्रविधि मन्त्रालय सम्हालेका ४५ वर्षीय उनी अनुहार र जीउडाल परेका युवा हुन् । अचम्म लाग्दो हो, त्यस्ता हट्टाकट्टा मन्त्रीले दुलही नपाएको कुराले । तर, लमी एक त शेरधनलाई जानकारी नै नदिई , त्यसमाथि अर्कै पार्टीकी नेत्री हेर्न पुगेका थिए । फेरि माग्नु पनि मिल्दोसँग नि, कम्युनिष्ट पार्टी नै भए पनि एमालेसँग कहिल्यै कुरा नमिल्ने नेपाल मजदुर किसान पार्टीकी नेत्री थिइन्, उनीहरुले विवाह गराउन चाहेकी महिला । सोझै उनीसँग होइन, उनका नेतासँग कुरा भयो । ती नेत्री थिइन्, सांसद् अनुराधा थापामगर । तर, नेमकिपाको नेताले अनुराधाको अरुसँगै कुरा चलेका कारण आश नगर्न सुझाव दिए ।

‘तैपनि’ भन्दै एमाले कुरा कोट्याउन खोज्दै थिए, ‘के–को तैपनि र?’ भन्दै नेमकिपाका नेताको हप्की नै आएपछि चुप लागेर फर्किए ।