मंसिर २४ काठमाण्डौ । भुकम्प प्रबिधि राष्ट्रिय समाज (एनसेट) का कार्यकारी निर्देशक डा आमोदमणी दिक्षीतले भवन निमार्ण संहिता निर्माण गर्ने कार्य कन्सल्टेन्सीलाई दिने सरकारी निर्णय नै गलत भएको धारणा राख्नु भएको छ । उहाँले कुनै पनि किसिमको जोखीम ब्यबस्थापन गर्नु चुनौतीपूर्ण भए पनि राज्य र नागरीकले पूर्व तयारी गरेमा बिपत्लाई सामना गर्न सकिने बताउनु भएको छ ।
भुकम्प प्रबिधि राष्ट्रिय समाज (एनसेट) को आयोजनामा बिपत्को समयमा समाचार संकलन सम्बन्धी २ दिने कार्यशालामा बोल्दै दिक्षीतले अब पनि राज्यका निकायले ध्यान नदिने हो भने देश अझै जोखिममा पर्ने बताउनु भयो । बैशाख १२ को बिनासकारी भूकम्पका बेला सुचना संकलन तथा सामाचार प्रसारणमा देखिएको समस्या र बिपत्को क्षणमा सञ्चारकर्मीले अपनाउनु पर्ने साबधानिका बिषयमा जानकारी गराउने उद्धेश्यका साथ एनसेटले कार्याशालाको आयोजना गरेको हो ।
कार्याशालामा बोल्दै नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईले बिपत्का अबस्थालाई केन्द्रित गरी कुनै पनि सञ्चार माध्यमले पूर्व तयारी नगरेकाले त्यसतर्फ ध्यान दिन सञ्चार माध्यमका सञ्चालकहरुलाई आग्रह गर्नु भयो । उहाँले बिपत्का क्षणमा सञ्चारकर्मीले ध्यानदिनु पर्ने पक्षहरुका बिषयमा चर्चा गर्नु भएको थियो । कार्याशाला गोष्टीमा देशभरका रेडियो,टेलिभिजन,पत्रपत्रिका र अनलाईनका गरी ३० जना पत्रकारहरुको सहभागीता सहभागीता रहेको छ । कार्याशालामा नेपालका स्थापित पत्रकार तथा बिपत् बिज्ञहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।