पुनर्निमाण विधेयक अन्यौलमा,संसद बैठक आज पनि बस्दै ।

0
418

काठमाडौ, २७ मंसिर। ब्यवस्था संसद बैठक आज पनि बस्दैछ ।
भूकम्पबाट प्रभावित संरचना पुनर्निर्माण प्राधिकरण गठन गर्ने सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो । प्रमुख प्रतिपक्ष्ीदल नेपाली काँग्रेशसँग सहमती भएमा पुनर्निमाण विधेयक आज संसदमा प्रवेश गर्ने छ । तर, नेपाली कांग्रेसले संविधान संशोधन विधेयक र पुनर्निमाण विधेयक एकै साथ सँसदमा लैजानु पर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।
यसअघि विधायन समितिमा नेपाली कांग्रेसको फरक मतसहित संसदको पूर्ण बैठकमा पठाउने निर्णय गरेको थियो । तर, कांग्रेसले त्यसपछि पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत आफुले पाउनु पर्ने भन्दै संसद अवरुद्ध गर्दै आएको छ ।
आजको बैठकमा अवरोध नभए विधेयक पेस गर्ने संसद सचिवालयले जनाएको छ । मधेसी मोर्चाले भने विधेयकमाथि अवरोध नगर्ने बताइसकेको छ । विधेयक पारित नहुँदा भूकम्पको ८ महिना बित्न लागे पनि प्रभावितहरुका विषयमा कुनै काम अघि बढेको छैन ।