एमाओवादि बैठक जारी,गृहमन्त्रीलाई कारबाही गर्न माग ।

0
394

काठमाडौ, २७ मंसिर । एकीकृत माओवादी केन्द्रीय समितिको बैठकमा आज पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथिको छलफल जारी रहेको छ ।
जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक तथा साङ्गठिन प्रतिवेदनमा केन्द्रीय सदस्हरुले आ आफ्नो बिचार राख्ने क्रम जारी रहेको छ । सदस्यहरुले भनाई राखेपछि अध्यक्ष प्रचण्डले उठेका प्रश्नको जवाफ दिनुहुनेछ ।
एमाओवादी प्रवक्ता दीनानाथ शर्माले आजको बैठकमा बाल्ने क्रम सकिने र बैठक भोलिसम्ममा सकिने बताउनुभयो । बैठकमा गृहमन्त्री शक्ति बस्नेतका विषयमा पनि छलफल हुनेछ । एकीकृत नेकपा माओवादीमा गृहमन्त्री बस्नेतलाई मन्त्रीबाट फिर्ता बोलाउन दबाब बढेको छ ।
गृहमन्त्री बस्नेतले भूकम्प पिडितको विदेश भ्रमणको कोटामा आफ्ना छोरीहरु र नातागोतालाई पारेको समाचार सार्वजनिक भएपछि स्थायी समितिको आकस्मिक बैठक बोलाएर स्थायी समिति सदस्यहरुले बस्नेतलाई फिर्ता बोलाउन अध्यक्ष प्रचण्डलाई दबाब दिएका हुन् । स्थायी समिति सदस्य गोपाल किरातीले गृहमन्त्री बस्नेतले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने माग अधिकाास स्थायी समिती सदस्यले राखेको बताउनुभयो ।