प्रमुख तीन दल र मधेसी मोर्चाबीच आज पनि वार्ता

0
364

काठमाडौ, २७ मंसिर। प्रमुख तीन दल र मधेसी मोर्चाबीच आज पनि वार्ता हुने भएको छ ।
सिंहदबारस्थित प्रधानमन्त्रीको कार्यालयमा दिउँसो हुने वार्तामा मधेस आन्दोलन,नाकाबन्दीले पारैका असर,संबिधान संशोधन बिधेयक र पुनःनिर्माण प्राधिकरण गठन विधेयकका विषयमा छलफल हुनेछ । संसद अवरोध गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विधेयक पास गर्न अवरोध नगर्ने बताए पनि काँग्रेसले संसद अवरोध गरेका कारण विधेयक पेस हुन सकेको छैन ।
विधेयक पारित हुन नसक्दा भूकम्प पीडितलाई दिइने राहत र पुनःनिर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । नेपाली काँग्रेसले आफ्नो नेतृत्वको सरकारले तयार पारेको विधेयक जस्ताको तस्तै संसदमा पेस गर्न माग गर्दै आएको छ भने सरकारले नयाँ विधेयक तयार पारेको छ।
विधेयक पास हुन नसक्दा विभिन्न दातृ निकायले उपलव्ध गराउने सहयोगसमेत लिन समस्या परेको छ। आज बस्ने बैठकले असहमीका गाँठालाई फुकाउन पहल गर्ने सत्तापक्षिय नेताहरुले बताए पनि नेपाली काँग्रेशले भने सरकारले पुननिर्माण बिधेयक एक पक्षिय ढँगले ल्याउन लागेको भन्दै आज पनि संसद बैठक चल्न नदिने बताएको छ ।