६०,४० को भागबन्डाले कांग्रेस कम्जोर ?

0
949

पुष १ काठमाण्डौ । १३ औ राष्ट्रिय महाधिबेसनको तयारीमा नेपाली काँग्रेश लागी रहँदा युवा नेताहरुले पार्टि एकिकरणको समयबाट गरिएको भागबण्डाको खुलेरै बिरोध गर्न थालेका छन् । गतसाता मात्रै बाल्मीकी क्याम्पसमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सुरुवात भएको ६०,४० को भागवण्डा बिरुद्धको बहस दैनिक पत्रिकाको मुख्य सामाग्री समेत बन्न पुगेको छ ।bhu

पार्टि बिभाजन पश्चात एकताका लागि गरिएको प्रयासमा तत्कालीन पार्टि सभापति गिरीजा प्रसाद कोईराला र कँग्रेश प्रजातान्त्रीकका सभापति शेर बहादुर देउवा बिचको सहमतिका आधारमा कोईराला पक्षलाई ६० प्रतिसत र देउवा पक्षलाई ४० प्रतिसत सदस्य सँख्याको आधारमा पार्टि एकिकरण गरे देखि आज सम्म पनि नेपाली काँग्रेस केन्द्रिय समिती देखि मन्त्री मण्डलको प्रतिनिधी पनि सोही मापदण्डकै आधारमा हुँदै आएको छ ।

६०,४० ले नेपाली काँग्रेश भित्र मापदण्डको रुप लिएकोमा नेपाली काँग्रेशका युवा नेताहरुले अबको काँग्रेश पुरानै आधारमा संचालन हुने हो भने पार्टिको भविष्यको बिषयमा सोच्नु पर्ने बेला भएको बताउँछन् । ६०,४० को भागबण्डा बिरुद्धको अभियानको नेतृत्व लिएका युवा नेता भुपेन्द्र जंग शाही भन्छन् काँग्रेश बिग्रीएको भागबण्डाको राजनीतिले हो यस्को अन्त्य गराई युवा पुस्तालाई नेतृत्वमा नपु¥याए सम्म काँग्रेश काँग्रेश बन्न सक्दैन । तसर्थ यो अभियानलाई बलियो बनाउन शाहीले आजको कातिन्पुर दैनिकमा आफ्नो बिचार लेखेका छन् ।

शाहीको लेख पढ्न यो लिङकमा जानुहोस् ।