नेपाल बंगलादेशसँग भिड्दै

0
378

काठमाडौ, २ पुस । भारतमा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज बंगलादेशसँग अभ्यास खेल खेल्दैछ ।
बंगलादेशको ढाकामा हुने खेल साँझ पौने ५ बजे सुरु हुनेछ । एक हप्ताको तयारीका लागि बंगलादेश पुगेको नेपाली टोली त्यहाँबाट साफ च्याम्पियनसिपको लागि भारतको केरला जानेछ ।
अनिल गुरुङको कप्तानीमा रहेको नेपाली टोलीमा यसपटक युवा खेलाडीहरुको बाहुल्यता छ । लगातार ९ खेलसम्म गोल गर्न नसकेर ओलचित बनेको नेपाली राष्ट्रिय फुटबल टोलीले यसपटक गोलको खडेरी चिर्ने धेरैको अपेक्षा छ ।