कांग्रेस बैठक आज पनि जारी, क्रियाशील सदस्यता सम्बन्धी बिबाद टुङिँदैं .

0
630
नेपाली काँग्रेश

काठमाडौ, २ पुस । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी छ । केन्द्रिय समितीको बैठक अघि पार्टि कार्यालय सानेपामाम पदाधिकारीको बैठक बसेको थियो । पार्टी कार्यालय सानेपामा जारी बैठकमा पार्टीको तेह्रौ महाधिवेसनको तयारी, सदस्यता छानविन लगायतका विषयमा छलफल हुनेछ । हिजोको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक नरहरि आचार्यले तथ्यांकसहितको प्रतिवेदन पेस गर्नुभएको थियो। केही केन्द्रिय सदस्यले क्रियाशील सदस्यता वितरणदेखि छानबिनसम्मको प्रतिवेदनप्रति असहमति जनाएका थिए । कांग्रेसमा पछिल्लो पाँच वर्षमा सवा दुई लाख नयाँ सदस्य थपिएका छन् । पाँच वर्षअघि भएको पार्टीको बाह्रौ महाधिवेशनमा झन्डै तीन लाखमा रहेका पार्टीका क्रियाशील सदस्य अहिले चार लाख ७० हजार पुगेका छन् । तीमध्ये झन्डै ६० हजारले यसअघिको क्रियाशील सदस्यता नवीकरण गरेका छैनन् । नवीकरण गरेका पुराना र नयाँ थपिएका गरी पार्टीको क्रियाशील सदस्यहरूको संख्या चार लाख ७० हजार ६ सय ५५ पुगेको छ।यसअघि तीन लाख १६ हजार आठ सय ६६ क्रियाशील सदस्य थिए । तराई–मधेसका मागबारे पनि नेताहरुले भनाई राख्नेछन् । हिजो केन्द्रीय समिति बैठकमा बोल्ने मधेसका सदस्यहरूले पार्टीले संसदमा दर्ता गरेको संशोधन प्रस्तावको पनि विरोध गरेर मधेसी दलहरूले समस्या समाधान गर्न इमानदार नभएको पुष्टि गरेको बताएका थिए । बैठकमा मधेसी दलहरूले उठाउँदै आएको निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशी दुवै मुद्दा संविधान संशोधन विधेयकमा समेटिएकाले त्यसलाई पारित गरेर तराई आन्दोलन अन्त्य हुनसक्ने धारणा ती सदस्यले राखेका थिए ।