बिमानमा बम राखिएको धम्की पछि आकस्मीक अवतरण

0
922

 ५ पुस । विमानमा बम राखिएको धम्कीपछि शनिबार राति केन्याको नैरोबीमा एक विमान आकस्मिक अवतरण गराइएको छ ।
सो विमान मौरिससबाट फ्रान्सको राजधानी पेरिसका लागि उडेको थियो । सो विमानमा बम राखिएको धम्की आएपछि केन्याको राजधानी नैरोबीमा शनिबार राति आकस्मिक अवतरण गराइएको समाचारमा जनाइएको छ ।
उक्त विमानमा एउटा सङ्कास्पद पोको भेटिएको थियो । सो पोकोको पहिचान कसैबाट पनि हुन सकेन बरु त्यसमा बम रहेको जानकारी अज्ञात व्यक्तिले गराए– प्रहरीले जनाएको छ ।
एएफ ४६३ उडान नम्बरको सो विमानमा ४५९ जना यात्रु रहेका थिए भने १४ जना उडान कर्मचारी रहेका थिए ।
सो विमान स्थानीय समयअनुसार मौरिससबाट शनिबार राति नौ बजे उडेको थियो र फ्रान्सको राजधानी पेरिसस्थित चाल्र्स डि गौले विमानस्थलामा आइपुग्ने कार्यक्रम रहेको बताइएको छ ।
नैरोबीको मोई अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमान अवतरण गराइएको प्रहरीले जनाएको छ ।
सो सङ्कास्पद पोको बम हो वा होइन भन्ने बारेमा प्रहरीले अनुसन्धान जारी राखेको बताइएको छ ।