काठमाडौं, ५ पुस । एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक अहिले बसीरहेको छ । जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि धारणा राख्ने काम सकिएकाले आज प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ । यसअघि बसेको बैठकमा पार्टीबाट मन्त्री बनेकाहरुको कार्यशैलीप्रति बैठकमा तिब्र आलोचना भएको थियो । गृहमन्त्री शक्ति बहादुर बस्नेतले भुकम्प पिडीतको कोटामा आफ्ना छोराहरुलाई चीन भ्रमणमा पठाएको भन्दै केन्द्रिय सदस्यहरुले कार्वाहिको माग गरेकामा बस्नेतले आत्मा आलोचना गरे पछि माफि दिईएको थियो । एकसाताको स्थगनपछि बैठक आजका लागि आब्हान गरिएको थियो । आजको बैठक दिउँसो १ बजे दखि बसिरहेको छ ।