काँग्रेस बैठक जारी,कृयाशील सदस्यता बिवाद अन्त्य गर्ने प्रयास जारी

0
512

काठमाडौ, ५ पुस। नेपाली कांगे्रस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहेको छ।
आजको बैठकमा क्रियाशिल सदस्यता सम्बन्धी बैठकमा यसअघि प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल हुने नेता अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो ।
बैठक पार्टी कार्यालय सानेपामा बिहान ११ बजे देखि बसीरहेको छ । तेह्रैै महाधिवेशनको तयारीमा रहेको कांगे्रसले समसामयिक विषयमा छलफल गरे पनि मुख्य गरी पार्टीको आन्तरिक विषयमै बढी छलफल हुने पनि केसीले बताउनुभयो ।