प्रधानमन्त्री ओलीलाई जाइका अध्यक्षले भेट्दै, प्रधानमन्त्री आज इटहरी जाने

0
562

काठमाडौ, ६ पुस । नेपाल भ्रमणमा रहनु भएका जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा सिनिची किटाओले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्दै हुनुहुन्छ ।
अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका पे्रस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । भेटमा भूकम्पपछिको पुननिर्माणमा नेपाललाई गर्ने सहयोगलगायतका विषयमा छलफल हुने भएको छ ।
भूकम्पपछिको पुननिर्माणमा जापानले दिने २३ अब ४ करोड अर्थात २६ अर्ब जापानी येन सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न उहाँ हिजो नेपाल आउनु भएको हो ।
यसैबीच प्रधानमन्त्री ओली आज सुनसरीको इटहरी जानुहुने भएको छ । पार्टी कार्यक्रमका लागि बिहान १० बजे प्रधानमन्त्री त्यसतर्फ जानुहुने पनि पे्रस सल्लाहकार दाहालले बताउनुभयो ।