चीनमा तीस भवन ध्वस्त, ५९ बढी बेपत्ता

0
449

बेइजिङ । चीनको दक्षिण सहर शेनचेनमा पहिरो जाँदाँ ६९ जना बेपत्ता भएका छन् ।
चिनियाँ अधिकारीहरुका अनुसार एउटा औद्योगिक क्षेत्रमा ३० भन्दा भवन जमिनमा भासिएका छन् । जसमा कम्तीमा दुई उच्च भवन पनि पर्दछ ।
पहिरोबाट पहिला सयौं नागरिक त्यहाँबाट सुरक्षित स्थानमा पुगेका छन् । बचाइएका नागरिकहरुका अनुसार कयौ नागरिक पहिरोमा पुरिएका छन्।
राहतकर्मीहरुका अनुसार पहिरोमा अझै केही व्यक्ति जीवित हुन सक्ने भएकाले बचाउ अभियान जारी छ। भूस्खलनको कारण भने स्पष्ट भइसकेको छैन ।