प्रधानमन्त्रीको भ्रमण बिथोल्न मोर्चाको प्रदर्शन, सुनसरीमा झडप

0
372

सुनसरी, ६ पुस । सुनसरीको दुहवीमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको  छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन भेला भएका मोर्चाका कार्याकर्तालाई तितर बितर पार्ने क्रममा झडप भएको हो ।
झडपमा ५ जना मोर्चाका कार्याकर्ता घाइते भएका छन भने प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
प्रधानमन्त्री ओली आज बिराटनगर एअरपोर्टबाट दुहवी हुँदै इटहरी आउने कार्यक्रम छ  । दुहवी हुँदै प्रधानमन्त्री इटहरी आउने थाहा पाएपछि मोर्चाका कार्याकर्ताहरुले दुहवीमा प्रदर्शन गरिरहेका छन् ।
भेला भएका कार्यकर्तालाइ तितर बितर गर्ने क्रममा रामेश्वर मण्डल, मुन्ना साहा रञ्जित गोश्वामी,एसएन मेहता घाइते भएको मोर्चाले जनाएको छ । यस्तै पदर्शनमा उत्रिएका महेस यादब भुपेन यादब पप्पु गोश्वामीलाइ पक्राउ गरिएको छ ।