गौर तनावग्रस्त, प्रहरी चौकीमा आगजनी र तोडफोड

0
918

रौतहट, पुस ६ । रौतहटमा सोमबार पनि विहानै देखि विरोध प्रदर्शन भएको छ । गाउंगाउमां मोर्चा समर्थितहरुले प्रदर्शन थालेका छन् ।

मोर्चाका कार्याकर्ताहरुले बंकुल प्रहरी चौकीमा रहेको प्रतिक्षालयमा आगजनी गरेका छन् भने इलाका प्रहरी कार्यालय कटहरीयाको गेट र कम्पाउडमा तोडफोड गरेका छन् ।

यसैबीच
गौरमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा बिहान ६ देखि १० बजेसम्म हटाइएको छ । अत्यधिक जाडोका कारण अनिश्चित समयका लागि लगाइएको कर्फ्यु केही समयका लागि हटाइएको हो ।

प्रहरी र प्रदर्शनकारीबीच आइतबार भएको झडपमा प्रहरीको गोली लागि आन्दोलनकारी एक जना शेष तरबेजको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले आइतबार ४ बजेदेखि कर्फ्यु लगाएको थियो ।

झडपमा एक दर्जन आन्दोलनकारी र २१ जना प्रहरी घाईते भएको प्रहरी नायब उपरिक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । यता, बीरगञ्जमा पनि विहानैदेखि प्रदर्शन थालिएको छ ।