एमाआबादिले पनि महाधीबेसन गर्ने ?

0
518

काठमाडौं, पुस ६ । एकीकृत माओवादीले पार्टी महाधिवेशन अर्को वर्ष गर्ने भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय समितिको जारी बैठकमा अर्को वर्ष महाधिवेशन गर्ने बताएका हुन ।

केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् । संविधान बनिसकेपछिको अवस्थामा
पार्टीको वैचारिक कार्यदिशा स्पष्ट गर्न र संगठनको भावनात्मक एकीकरण गर्न महाधिवेशन गरिने जवाफ उनले दिएका हुन ।

मंसिर १५ देखि सुरु भएको केन्द्रीय समितिमा प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि १ सय १७ केन्द्रीय सदस्य र पदाधिकारीले बोलेका थिए ।

सोमबार बस्ने बैठकले प्रचण्डको उक्त प्रतिवेदन पारित गर्ने जनाइएको छ । नेताहरुको प्रादेशिक कार्यविभाजन भने गरिएको छैन । भूकम्पपछिको पुनर्निर्माणलाई सघाउन आफ्नो दलको तर्फबाट भूमिका खेल्ने निर्णय पनि एमाओवादीले गरेको छ ।