अस्पतालमा आगोलागे पछि उपचारमा समस्या

0
703

जुम्ला, पुस ६ । जुम्ला खलंगामा रहेको कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा आगलागी भएपछि उपचारमा समस्या भएको छ ।

ओपिडीमा जचाउन आउने विरामीको उपचार खुला चौरमै गरिएको छ । जर्सरी, जनरल, वालरोग, स्त्रीरोग, हाडजोर्नी तथा नसा रोगको उपचार खुला चौरमै गरिएको शिक्षण अस्पतालका अस्पताल निर्देशक जावेद खानले बताए ।

खुला चौरमा उपचार गर्नु पर्दा समस्य भईरहेको डाक्टर नविन थापाले बताए । सदाझै विरामी उपचार गराउन आइरहेपछि व्यवस्थापन गर्न निकै गाह्रोे भइरहेको छ । खुल्ला चौरमा उपचार गर्दा हावा चल्ने, धुलो आउने र चिसोले समस्या उत्पन्न भएको छ ।

आगलागीबाट एक्सरे मेसिन, ल्यावका उपकरण, डेन्टल चियर, डेन्टल एक्सरे, अल्ट्रासाउन्ड, इन्डोस्कोपि, लगायतका महत्वपुर्ण उपकरण जलेपछि सामान्य विरामीलाई उपचार गराउन हम्मे हम्मे परेको छ । ल्याव नहुँदा दिसा, पिसाव, रगत चेक गर्न सकिएको छैन ।