शान्ति शिक्षा अभियानद्धारा भूकम्पले क्षतिग्रस्त १३ विद्यालयको पुनःनिर्माण गर्ने

0
1011

काठमाडौँ, ६ पुस । शान्ति शिक्षा अभियान नेपालले भूकम्पले क्षतिग्रस्त चार जिल्लाका १३ विद्यालयको पुनःनिर्माण गर्ने भएको छ ।

अभियानले आज पुनःनिर्माण गर्ने साझेदार विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुसँग अन्तरक्रिया गरेको छ ।

अभियानका अध्यक्ष रवीन्द्र महर्जनले पुनःनिर्माणका विषयमा शिक्षा विभागसँग सम्झौता गरिसकेको र निकट भविष्यमा अन्य सम्बन्धित सरकारी निकायसँग समन्वय गरी कार्यक्रम अगाडि बढाउने जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक तथा दोलखाका १३ विद्यालयको निर्माण गरिने छ । दोस्रो चरणमा विद्यालयका कक्षाकोठा व्यवस्थापन, शिक्षक तालिमजस्ता काम गरिने छ ।

अभियानले पछिल्लो पाँच वर्षमा अभियानले भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत ६ जिल्लाका ११२ विद्यालयमा काम गरेको र २५० प्राथमिक तहका शिक्षकशिक्षिकालाई बालमैत्री वातावरणमा शिक्षण तालिम प्रदान गरेको थियो ।