बिप्लव माओबादिद्धारा श्रृङखलाबद्ध आगजनी, गृह प्रशासन मौन, मारमा निजी क्षेत्र

0
735

झापा, ६ पुस । एक साता अघि भारतीय टेलिभिजन च्यानल प्रसारण गरेको आरोप लगउँदै डिस होमको प्रशारण केन्द्रमा आगजनी गरेको नेत्रबिप्लव चन्द नेतृत्वको माओबादिको आक्रमणले निरन्तरता पाईरहँदा सरकार भने मौन रहेको छ । न त उस्ले डिस होममा आगजनी गर्नेहरुलाई कारबार्ही गर्न सकेको छ । यसै बिचमा सोही समुहले झपामा रहेको साकम्बरी प्रोडक्स ९गुटखा उद्योग०मा आगजनीको गरेको जिम्मा लिएको छ।
तेस्रो मुलुकवाट सुपारी तस्करी गरी ठुला राजनैतिक दलको आढमा रहेर अवैधानिक तरिकाले उद्योग सञ्चालन गरेको हुदा चेतावनी सहित कारवाही गरिएको विप्लब समूहका झापा सचिवालय सदस्य सुमन पौडेलले जानकारी दिए ।
नेपालको सरकार र संबिधान नै नमान्ने घोषण गरेको चन्द समुहले यस पटक भने राज्यलाई कर नतिरेको र भारतीय कामदार प्रयोग गरेको भन्दै आगजनी गरेको छ ।
भारतीय मजदुर प्रयोग गरी नेपाली कामदारलाई वेरोजगारी बनाएर नेपालीलाई उपेछित गरेका कारण यस्तो कारवाही गरिएको पौडेलले बताए । यस्ता खालका त्रियाकलापलाई निरन्तरता दिइने पौडेलको भनाई छ । यसरी चन्द माओबादीले खुलेआम राज्यलाई चेतावनि दिए पनि गृह प्रसाशन समेत माओबादिले नै सम्हालेकाले त्यसको प्रत्यक्ष असर भने निजी क्षेत्रले नै ब्योर्होनु परेको छ । जस्को कारण ओली नेतृत्वको सरकारबाट निजी क्षेत्र बढि पिडीत हुने देखीएको छ ।