काँग्रेस क्रियाशील सदस्यताको विवाद मिलाउन व्यस्त

0
506
नेपाली काँग्रेश

काठमाडौ, ७ पुस । महाधिवेशनको निकटमा पुग्न लागेको नेपाली काँग्रेस भने क्रियाशिल सदस्यता विवादको टुंगो लगाउने कसरतमा लागेको छ ।
त्यसकै विषयमा छलफल गर्न आज क्रियाशिल सदयता छानबिन समितिको बैठक बस्न लागेको समितिका एकजना सदस्य रमेश लेखकले जानकारी दिनुभयो ।
कांगे्रसले क्रियाशील सदस्यतामाथि उठेका विचार तथा सुझाव समेटेर अन्तिम निर्णय गर्ने जिम्मा छानबिन समितिलाई दिएको छ । यसअघिको बैठकको निर्णयअनुसार नरहरि आचार्य संयोजक रहेको समितिले आजसम्ममा पार्टी सभापति सुशिल कोइरालालाई बुझाउने जिम्मा दिएको छ ।