छानबिन समितिद्धारा जनकपुर घटनाको काम थाल्दै

0
492

काठमाडौ, ७ पुस । सरकारले विवाह पञ्चमीका दिन जनकपुरस्थित जानकी मन्दिरमा भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।
यो समितिले आजदैखि काम थाल्ने एक अधिकारीले जानकारी दिए । छानबिन समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएकाले पनि समितिले आजैदेखि काम थाल्न लागेको हो ।
गृह मन्त्रालयका सहसचिव विनोद केसीको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा प्रहरी नायब महानिरीक्षक हेमन्तबहादुर पाल, सशस्त्र प्रहरी नायब महानिरीक्षक अरविन्द धिताल र अनुसन्धान निर्देशक यदुलाल खरेल सदस्य हुनुहुन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पूजाआजा गर्न जानकी मन्दिर गएका बेला आन्दोलनरत दलका नेता तथा कार्यकर्ताले दुर्व्यवहार गरेका थिए