कच्चा तेलको मूल्य दशकयताकै सस्तो, नेपालीले तेल पाउनै गाह्रो ।

0
712

पुस ७  एजेन्सी . सन् २००४ पछि कच्चा देलको मूल्य सोमबार सबैभन्दा तल झरेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य ३६.०५ डलर प्रतिब्यारेलमा झरेको हो । जुन सन् २००४ जुलाईपछि यसरी मूल्य घटेको हो ।
यद्यपि केहीबेरपछि स्थितिमा केही सुधार आयो । सुधार आएर ३६.५६ डलर प्रतिब्यारेलसम्म पुग्यो । विश्वव्यापी रुपमा तेल उत्पादन वृद्धि भएपछि मूल्य घटेको हो ।
एक वर्षअघिसम्म ब्रेन्टको कच्चा तेलको मूल्य ६० डलरस प्रति ब्यारेल थियो । तर, सन् २०१४ मा यसको मूल्य प्रतिब्यारेल ११५ डलर प्रति ब्यारेल पुगेको थियो ।
विशेषज्ञहरुका अनुसार अमेरिका र रुसको कच्चा तेल बजारमा लगाचार पुगिरहेको छ। यस्तोमा तेलको घट्दो मुल्यमा निकट भविष्यमा परिवर्तन आउने देखिँदैन ।
यता सन् २०१६ मा इरानमाथिको प्रतिबन्धसमेत हट्नेछ, त्यसपछि इरानले पनि तेल उत्पादन सुरु गर्नेछ ।
नोभेम्बरमा ओपेकका १२ सदस्य देशहरु दैनिक तीन करोड ब्यारेलको दरले तेल उत्पादन गर्न सहमत भएका थिए । यता बेलायतमा तेलको घट्दो मुल्यका कारण सन् २००९ देखि पेट्रोल एक पाउन्ड प्रतिलिटरका दरले विक्री भइरहेको छ।
यस्तै तेल कम्पनीहरुले स्वयमलाई नोक्सानबाट बचाउनका लागि लगानी र खोज कटौति सुरु गरेका छन् ।