दिल्लीमा बिमान दुर्घटना बिस्तृत बिबरण आउन बाँकी

0
359

पुस ७ एजेन्सी नयाँ दिल्ली । भारतीय सुरक्षा बलको एउटा सानो विमान भारतको राजधानी नयाँ दिल्लीमा दुर्घटना भएको छ। घटनामा दुई जनाको मृत्यु र आठ जना घाइते भएका छन् ।
भारतीय समाचार एजेन्सी पीटीआईले बीएसएफको स्रोत उधृत गर्दै जनाएअनुसार राँची जाँदै गरेको विमान दुर्घटना भएको हो ।
विमान दिल्लीको सेक्टर ८ बगडोला गाउँ नजिकै दुर्घटना भएको हो । विमानस्थलसँग सम्पर्क टुटेपछि विमान एउटा घरमा ठोक्किएको थियो । घटनालगत्तै १५ बढी दमकल घटनास्थल पुगेका थिए ।
विमानमा इन्जिनियरहरु सवार रहेको बताइएको छ। नागरिक उड्ययन महानिर्देशक कार्यालयले विमान दिल्लीबाट उडेको जनाएको छ। कार्यालयले बीबीसीलाई दिएको जानकारीअनुसार विमान परीक्षण उडानमा थियो । विमान एन्टी नक्सल अपरेशनसम्बन्धी बैठकमा भाग लिने सहभागीहरु लिएर जाँदै थियो । यो विमानमा ६ देखि ८ जना सवार गर्न सकिने बताइएको छ।