न्यूज २४ टेलिभिजनले आचार संहिता उल्लंघन गरेको प्रेस काउन्सिलको ठहर,क्षमायाचना नगरे कारवाही गर्ने !

0
874

पुस ७ काठमाण्डौ । लामो समय देखि मधेशमा जारी आन्दोलनमा सञ्चार माध्यमहरुको भूमिकालाई नजिक बाट अनुगमन गरिरहेको प्रेस काउन्सिल नेपालले न्युज २४ टेलिभिजनबाट प्रशारीत सामग्री प्रति आपत्ति जनाउँदै पत्र काटेको छ । आचार संहिता अनुगमन उप समितीले पत्रकार आचार संहिता उल्लघंन गरेकोमा क्षमा याचना सहित गल्ती सच्चाउन र आचार संहिता पालना गराउन निर्देशन सहित पत्रचार गरेको छ ।
काउन्सिलको पत्रमा न्युज २४ टेलिभिजनबाट मंसिर २७ गते बेलुका ९ बजे प्रशारीत उज्यालो कार्यक्रमले मुलुकको सार्वभौमसत्ता,अखण्डता,जातिय एकता र सामाजिक सद्भावमा खलल पु¥याउने कार्य गरि पत्रकार आचार संहिता २०६४ बमोजिम क्षमायाचना गरि प्रशारण गरिएको सामाग्री ३ दिन भित्र दिन निर्देशन दिएको छ । यदि ३ दिन भित्र क्षमायाचना नगरेमा ७ दिन भित्र लिखित जवाफ सहित काउन्सिलमा हाजिर हुन आउन पनि पत्रमा लेखिएको छ ।
न्युज २४ लाई पौस ५ गते दिउँसो २ बजेको प्रत्यक्ष प्रशारणका बिषयमा समेत कारवाही किन नगर्ने भनि पत्रमा लेखिएको छ ।
साथै काउन्सिलको पत्रमा तराईका बिभिन्न रेडियो तथा पत्रिकाहरुलाई समेत क्षमायाचना गर्न निर्देशन दिइएको छ ।