मनोज आत्मीय पुस ७ । चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मंसिर महिनामा मात्रै मा.प.से.गरी सवारी साधन चलाउने २५० जना चालकलाई कारबाही गरी २५ लाख राजश्व संकलन गरेको छ । सवारी आवागमनमा व्यवस्थित गर्ने क्रममा बिभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ३२३८ जना सवारी चालकलाई कारबाही गरी रु १९,४६,५००÷– राजश्व संकलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुखको कार्यभार प्रहरी निरिक्षक राजन भेटवालले सम्हाले सँगै सुरु गरिएको चेक जाँचका क्रममा मा प से तथा सवारी नियम उल्लंघन गर्नेहरुलाई प्रहरीले कारबाही गरेको हो । सोही क्रममा नम्बर नराखी मोटरसाईकल चलाउने ६६ र ई–रिक्सा ३३ वटा लाई पक्राउ कारबाही गरिएको प्रहरी निरिक्षक भेटवालले सञ्चार खबरलाई जानकारी दिनु भयो । मादक पदार्थ सेवन गर्ने २५० सवारी चालक, ई–रिक्साका ६० जना र सार्वजनिक सवारीका ६० जना चालक गरी जम्मा ३७० जनालाई ट्राफिक नियम संम्बन्धी प्रशिक्षण समेत दिईएको थियो । भेटवालको आगमन सँगै जिल्लाको ट्राफिक ब्यबस्थापन ब्यबस्थीत हुन थालेको भन्दै स्थानिय बिबेक न्यौपानेले प्रहरीको कार्यको प्रसंशा गरेका छन् । शहिद स्मृती बहुमुखी क्याम्पस टाँडीमा द्यद्यक् तेस्रो र पाचौ सेमेस्टरमा अध्ययनरत ६० जना बिधार्थीलाई ट्राफिक नियम तथा सवारी दुर्घटनाबाट बच्ने उपाय संम्बन्धी प्रशिक्षण समेत भेटवालले दिन भ्यएका छन् । आगामी दिनमा ट्राफिक सँग सम्बन्धीत जनचेतना मूलक कार्यक्रमलाई जिल्ला ब्यापी बनाउँदै सडक दुर्घटनालाई न्यूनिकरण गराउने उद्धेश्य रहेको भेटवालले जानकारी दिनु भयो ।