अण्डर १९ विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोलीको घोषणा

0
421
 


काठमाडौ, ७ पुस ।
आईसीसी अण्डर १९ विश्वकप क्रिकेटका लागि राजु रिजालको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।
उपकप्तानमा आरिफ शेख रहनुभएको छ । नेपाली टोलीमा रहेका अन्य खेलाडीहरुमा सन्दिप सुनार, सुनिल धमला, दिपेन्द्र ऐरी, सौरभ खनाल, प्रेम तामाङ्ग, दिपेश श्रेष्ठ, राजविर सिंह, योगेन्द्र कार्की, सन्दिप लामीछाने, हिमान्सु दत्त, शंकर राना, सुशील कँडेल, र ईशान पाण्डे रहेका छन्  ।
त्यस्तै टोलीमा बैकल्पिक खेलाडीको रुपमा कुशल भुर्तेल, ईर्साद अहमद, ललित नारायण राजवंशी र नन्दन यादव रहेका छन् ।