ग्याँस नपाएको भन्दै एभेरेष्ट ग्याँस उद्योगमा तोडफोड

0
477

काठमाडौ, ७ पुस । काठमाण्डौको कीर्तिपुरको चाल्नाखेलस्थित एभेरेष्ट ग्याँस उद्योगमा तोडफोड भएको छ ।
स्थानीयबासीले लाईनमा बसेपनि ग्याँस नपाएको भन्दै उद्योगमा तोडफोड गरेका हुन । आज विहानैदेखि लाइन बसेका स्थानियले दिउँसोसम्म पनि ग्याँस नपाएपछि तोडफोड गरेको बताईएको छ ।
यसअघि आईतबार उद्योगले मंगलबार ग्याँस पाईने जनाएको थियो । सोही अनुसार करिब सात सयको सङख्यामा स्थानियबासी ग्याँस पाउने आशमा लाइन लागेको भएपनि ग्याँस नपाएपछि उद्योगको गेटमा तोडफोड भएको हो ।
स्थानीयले उद्योगमा तोडफोड गरेपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको छ । स्थानीयले भने प्रहरीमाथि ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।