काठमाडौ, ८ पुस। एघारौँ दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) भारतको त्रिबेन्द्रम रंगशालामा आजदेखि सुरु हुने भएको छ ।आज उद्घाटन खेलमा समूह ‘ए’ का दुई टोली नेपाल र श्रीलङ्का भिड्ने भएका छन् । त्यही समूहमा प्रतियोगिताको सर्वाधिक सफल टोली आयोजक भारत पनि छ । फिफा बरियतालाई आधार मान्दा श्रीलङ्का दक्षिण एसियाकै कमजोर टोली हो भने नेपालको स्थान केही राम्रो छ ।केही दिनअघि सार्वजनिक भएको बरियतामा नेपाल १९२ तथा श्रीलङ्का १९४ स्थानमा छ । दक्षिण एसियामा अफगानिस्तान र माल्दिभ्ससँग पछि परेको भारत नेपाल र श्रीलङ्काभन्दा धेरै माथि अर्थात १६६ औँ स्थानमा छ । पाकिस्तानले प्रतियोगितामा भाग नलिने निर्णय गरेसँगै यो समूहमा तीन टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ ।