सहुलियत नदिएको भन्दै त्रिचन्द्रमा प्रर्दशन,२ सवारीमा क्षति !

0
522

काठमाडौँ, ८ पुस । सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत नदिएको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीले कालोबजारिया नियन्त्रणको माग गर्दै बिहानैदेखि जुलुस प्रदर्शन गरेका छन् । त्रिचन्द्र क्याम्पस अगाडीको प्रदर्शनका कारण सवारी आवत जावतमा समस्या भएको छ ।

सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत माग्दा सहयोगीले रडले प्रहार गर्न खोजेपछि प्रदर्शनमा उत्रन बाध्य हुनु परेकोे नेपाल विद्यार्थी सङ्घ त्रिचन्द्र बहुमुखी क्याम्पसका इकाई अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो ।  सरकारले तोकेको सहुलियत पूर्णरुपमा नपाए सम्म आन्दोलन जारी रहने अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।

सहुलियत नदिने सवारीको सिसा आक्रोशित विद्यार्थीले फुटाइदिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी सहायक निरीक्षक रामसिंह विष्टले जानकारी दिनुभयो । बौद्ध जोरपाटी रुटमा चल्ने बा१ज ८२८४ नम्बरको माइक्रोबस नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो ।