संसद बैठक बस्दै ।

0
606

काठमाडौ, ८ पुस । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ ।
बिहान ११ बजेका लागि आजको बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । यसअघि सहमतिका लागि ५ दिन स्थगित गरेर आज बैठक बस्न लागेको हो ।
यसैबीच सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरिरहनु भएको छ । मधेसी मोर्चाले लामो समयदेखि संसद अवरुद्ध गर्दै आएकाले सहमतिका लागि अपनाउन सकिने उपायबारे उहाँहरुबीच छलफल भइरहेको सभामुखका पे्रस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।
संविधान संशोधन विधेयक अगाडि बढाउने विषयमा पनि सभामुखले संसद बैठक अगाडि विभिन्न ७ दलका प्रमुख सचेतकहरुसँग भेट गर्ने कार्यक्रम छ ।