बिकास अग्रवाल पुस ८ गौर । स्थानीय प्रशासनले रौतहत सदरमुकाम गौरमा दिउँसो १२ बजेदेखि ४ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।
रौतहटको सदरमुकाम गौरमा आईतवार प्रहरीले चलाएको गोली लागेर मृत्यु भएपछि स्थिति नियन्त्रणमा राख्न कर्फ्यु आदेश जारी गरेको हो । यसअघि प्रहरीको गोली लागेर मृत्यु भएका शेख तबरेजको शव मंगलवार आफन्तले बुझेका थिए।
यसअघि गएको आईतवार आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा तेजापाकड १ का अफरोज आलमका १७ वर्षिय छोरा शेख तबरेजको मृत्यु भएको थियो । आफन्तले शव बुझेपछि गौरको जनजिवन सहज बन्न थालेको प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिन भयो ।