संकट समाधान गर्न मोर्चालाई पौडेलको आग्रह ।

0
548
ramchandra-paudelकञ्चनपुर ८ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले वर्तमान गतिरोध अन्त्यका लागि काँग्रेसले अग्रसरता लिएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वर्तमान सङ्कट समाधानका लागि काँग्रेस अग्रसर रहेको बताउनुभयो ।

“काँग्रेससँग आन्दोलनरत मधेसी मोर्चाको संवाद जारी छ, मोर्चाले आफ्ना माग प्रष्ट्याउनु प-यो”–उहाँले भन्नुभयो । संविधानभन्दा बाहिर कोही नभएको उहाँको भनाइ थियो । उहाँले आन्दोलनरत मोर्चासँग देशलाई अस्तव्यस्तताको स्थितिबाट मुक्त गराउन आग्रहसमेत गर्नुभयो ।